एमालेको विरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेट स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।

सोमबार बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले विरोध गरेपछि बैठक सञ्चालन हुन नसकेको हो ।

बैठक सुरु भएलगत्तै एमालेले जनतालाई गोली हानेर मार्ने मन्त्री संसदमा बस्न नपाउने भन्दै राजीनामा मागेर विरोध गरे ।

यस्तै मिटर ब्याज पीडितलाई न्याय दिन, दुध किसानको भुक्तानी दे भन्दै संसदमा नै नाराबाजी गरे । एमालेको विरोध पछि बैठक कार्यसुचीमा नै प्रवेश नगरी स्थगित भएको हो ।


क्लिकमान्डु