गुगलको पेमेन्ट एप जिपे बन्द हुँदै



एजेन्सी । प्रविधि सम्बन्धी कम्पनी गुगलको अनलाइन मनि ट्रान्जेक्सन एप जि पे बन्द हुने भएको छ ।

कम्पनीले अमेरिकामा यो एपलाई ४ जुन २०२४ बाट बन्द गर्ने जनाएको छ । अन्य देशहरुको सन्दर्भमा भने गुगलले कुनै पनि किसिमको घोषणा गरेको छैन।

कम्पनीकाअनुसार जिपेलाई बन्द गर्नुको कारण सन् २०२२ मा सार्वजनिक भएको गुगलको आफ्नै वालेट गुगल वालेट एपलाई प्रोत्साहन गर्नु रहेको छ । यसका लागि पहिले रहेको जिपे एपलाई बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

गुगलको आधिकारिक ब्लगकाअनुसार जिपे एपमा रहेका सबै प्रयोगकर्ताहरुलई गुगल वालेटमा प्रतिस्थापन हुने अधिकार रहेको छ । प्रयोगकर्ताले गुगल वालेटबाट नै ट्याप टु पेजस्ता चर्चित सुविधाहरु प्रयोग गर्न पाउनेछन् ।


क्लिकमान्डु