सिफलबाट थाल बजाउँदै राष्ट्र बैंक पुगे लघुवित्त पीडित



फाइल तस्बिर

काठमाडौं । लघुवित्त पीडतहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । देशका विभिन्न भागबाट केही दिनअघि पैदल काठमाडौं आएका उनीहरुले आफूहरुको समस्या समाधान नगरेको भन्दै प्रदर्शन गरिरहेका छन् ।

लघुवित्त पीडितहरु आज सिफलबाट थाल चम्चालगायतका भाँडा ठटाउँदै बालुवाटारस्थित नेपाल राष्ट्र बैंक प्रवेश गर्ने बाटोसम्म पुगेका छन् । त्यहाँ पुगेर उनीहरुले कोण सभा गरेका थिए । आफूहरुको समस्या समाधानमा राष्ट्र बैंक गम्भीर नभएको उनीहरुको आरोप छ ।

आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीहरुको भनाइ छ । यसैबीच सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि भन्दै वार्ताका लागि बोलाएको छ ।


क्लिकमान्डु