![](https://clickmandu.com/wp-content/uploads/2022/12/ministry_of_home_affairs-768x484.jpg)
काठमाडौं । सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । देशका विभिन्न भागबाट पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो ।
सरकारले मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पक्षलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा आउन गृहमन्त्रालयले भनेको छ ।
मिटरब्याज सम्बन्धी समस्या समाधानको लागि गृह मन्त्रालयमा पटक पटक छलफल हुने गरे पनि समस्या भने समाधान हुन सकेको छैन ।
![](https://clickmandu.com/wp-content/uploads/2024/02/ministry-721x768.png)
प्रतिक्रिया