सुनकोशी-मरिन डाइभर्सनका लागि बजेट विनियोजन नभए कडा कदम चाल्छौं: सांसद श्रेष्ठ



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि बजेट विनियोजन नभए सरकारबिरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

सांसद श्रेष्ठले एमाले नेतृत्वको सरकारको पालामा सञ्चालनमा आएका ती आयोजनाका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेटको व्यवस्था नगरे मधेस प्रदेशलाई प्रतिनिधित्व गर्ने सांसदहरु सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुकमा रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले आगामी आर्थिक वर्षदेखि सञ्चालन हुने गरी वीरगञ्ज कृषि औजार कारखाना, चिनी उद्योग कारखाना, जनकपुर चुरोट कारखानाका लागि पनि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद श्रेष्ठले चुरे संरक्षण हेल्चक्र्याँइ नगर्न पनि सरकारलाई सचेत गराए ।

उनले सरकारले सरकारले एमाले नेतृत्वको सरकारले सञ्चालनमा ल्याएका आयोजनाहरुको बजेट कटौति गर्ने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।


क्लिकमान्डु