ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा बन्द



काठमाडौं । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा केही समयका लागि बन्द भएको छ ।

सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनका लागि आज बिहान ५ बजेदेखि बन्द भएको छ ।

आज बैंकको सम्पूर्ण शाखारहित बैंकिङ्ग प्रणाली बन्द हुने भएकाले सेवाग्राहीलाई समस्या परेको खण्डमा सम्पर्क गर्न अधिकारीरु समेत तोकिएको जनाएको छ ।

केही समस्या भएमा ९८५१२३८४२०, ९८४१६०७५८० मा सम्पर्क गर्न भनेको छ ।


क्लिकमान्डु