कर्मचारी सञ्चयकोषले माग्यो ३० जना कर्मचारी



काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशन गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना, सहायक प्रबन्धकमा १२ जनाको आवेदन माग गरेको छ । जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २/२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन् ।

त्यस्तै प्रशासनतर्फ १ जना र प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ।

पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ । जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २/२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ। २१ दिनभित्र दरखास्त दिनुपर्ने सूचनामा जनाइएको छ।


क्लिकमान्डु