कृषि विकास बैंकले माग्यो शाखा प्रमुखदेखि लेखापालसम्म ११२ कर्मचारी, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । कृषि विकास बैंकले ११२ पदमा कर्मचारी माग गरेको छ ।

शुक्रबार सूचना प्रकाशन गर्दै कृषि विकास बैंकले शाखा अधिकृतदेखि लेखापाल सम्म ११२ जना कर्मचारी पदपूर्तिका दरखास्त आह्वान गरेको छ ।

बैंकले ८ औं तहमा अधिकृत स्तरका २ जना शाखा प्रमुख, ७ औं तहका २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत माग गरेको हो ।

त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ ।

ती पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने सूचनामा जनाइएको छ ।


क्लिकमान्डु