सेयर बजार राताम्मे, १९७ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । दोहोरो अंकको गिरावट आउँदा सेयर बजार राताम्मे भएको छ ।

बजारमा गिरावट आउनुका साथै कारोबार रकम पनि घट्दै गएको छ । दोहोरो अंकको गिरावट आउँदा बजार करिब २ हजार बिन्दुमा आएको छ ।

केही समय यता बजारमा निकै उतार चढाब देखिएको छ । तै पनि बजारले २१ सयको बिन्दु पार गर्न सकेको पनि छैन । २ हजार भन्दा तल पनि झरेको छैन । २ हजार देखि २१ सयको बिन्दुमा बजार चलिरहेको छ । यो दिन बजार मापन गर्ने सूचक २०.७६ अंकले घटेर परिसूचक २००५.८३ बिन्दु कायम भएको छ ।

३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँमा किनबेच भएको छ ।
४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा समाज लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जोशी हाईड्रोपावर, सामलिंग पावर कम्पनी, बोटलर्स नेपाल बालाजुका लगानीकर्ताले कमाएका छन् ।


क्लिकमान्डु