सम्बन्ध बिग्रिएपछि गोप्य भिडियो तथा फोटो महिलाका आफन्तलाई पठाउने एक जना पक्राउ



काठमाडौं । गोप्य भिडियो तथा फोटाहरु पीडित महिलाका आफन्तलाई पठाउँदै चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिशवपुरी गाउँपालिका–४ घर भइ टोखा नगरपालिका–११ बानियाँटार बस्दै आएका २७ वर्षीय किरण थापा छन् ।

माघ ९ गते उनलाई गोंगबुबाट केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

सम्बन्ध राम्रो हुँदा थापा र एक महिलाबीच गोप्य भिडयो तथा फोटाहरु साटासाट भएको थियो । सम्बन्ध बिग्रिएपछि ती गोप्य भिडिओ तथा फोटाहरु पीडित महिलाका आफन्तलाई पठाउँदै उनले चरित्र हत्या गरेको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापाविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ।


क्लिकमान्डु