सितापाइलामा दुई छोरीसहित आमाको हत्याको आशंका



काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित एक घरमा तीन जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो । प्रहरीकाअनुसार दुई बालिका र एक महिला मृत फेला परेका छन् ।

घटनास्थलमा प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि अनुसन्धानका लागि खटिएको छ ।

तीनजनामाथि धारिलो हतियार प्रयोग भएको देखिएको छ । बाबु सोलुखुम्बुका राजु घिमिरे भने फरार रहेको प्रहरीले बताएको छ।

प्रारम्भिक अनुसन्धानबाट हत्या आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।


क्लिकमान्डु