शेखर कोइरालाको प्रश्नः कांग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ?



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले आफूहरु सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ? भनि पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् ।

जिल्ला जिल्लामा पार्टीका साथीहरुले आफूलाई सो प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ दिनेगरी पार्टीको महासमिति बैठकमा प्रस्तुत हुन पनि उनले नेताहरुलाई आग्रह गरे ।

कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी सोमबार (भोलि)बाट सुरु हुने महासमिति बैठकमा गम्भीर रुपमा छलफल हुनपर्ने नेता कोइरालाको भनाइ थियो ।

पार्टी महासमिति बैठकको अघिल्लो दिन आईतावर (आज) काठमाडौंमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले जनमत घटिरहेका बेला सरकारमा बसेका छौं भनेर काँग्रेसले खुशी हुनुपर्ने कुनै कारण नभएको पनि दोहोर्‍याए । उनले महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने बताए ।

विद्यमान निर्वाचन प्रणालीले कुनै पनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न काँग्रेसले सबै राजनीतिक दलसँग छलफलका लाग अग्रसरता दिनुपर्ने नेता कोइरालाको प्रस्ताव छ । उनले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिटयान्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि काँग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताए ।

‘म जिल्लाजिल्ला घुम्दाखेरी साथहिरको एउटै प्रश्न हुन्छ–के हामी सधैं कम्युनिष्ट पछि लागेर हिँड्ने हो ? यो प्रश्न उठाइरहनु हुन्छ । हामीले एक्लै चुनाव कहिले लडने हो भनेर सोध्नुहुन्छ । यस पटकको दस्तावेजमा पनि एउटा कुरा के छ भने हामीले स्थानीय तहमा, प्रदेशमा र केन्द्रमा हामी सरकारमा छौं । बहुमतमा छौं चारैतिर । तर हाम्रो भोट प्रतिशत घट्दै गइरहेको अवस्था छ । त्यो किन घट्यो ? भन्ने कुरा अत्यन्त गम्भिर छ’ उनले भने ।

सरकारमा छँदैछौं भनेर ठिक लाग्ला । तर भोलि हाम्रा सन्ततिहरुले हामीहरुलाई सोच्ने छन कि छैनन् भन्ने पनि हामीले बुझन जरुरी छ ।

कांग्रेसको भोट प्रतिशत ३४/३५ प्रतिशतबाट घटदै/घटदै २७ प्रतिशतमा आएको उनले बताए ।

वरिष्ठ नेता कोईरालाले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रा छ भनेर प्रधानमन्त्री स्वयंले भने पनि जनताले त्यस्तो अनुभुति गर्न नसकेको जिकिर समेत गरे ।


क्लिकमान्डु