‍दुई कम्पनीको १ लाख २५ हजार कित्ता संस्थापक सेयर बेच्दै एनआईसी एशिया



काठमाडौ । एनआईसी एशिया बैंकले एकै दिन दुई कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट र सूर्योदय वोमी लघुवित्तको ५ करोड ५४ लाख मूल्य बराबरको सेयर बिक्रीमा राखेको हो ।

बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३ सय ५ कित्ता सेयर २४५ रुपैयाँ प्रतिकित्तामा र सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट ५० हजार कित्ता सेयर प्रतिकित्ता ७४० रुपैयाँमा बिक्रीमा राखेको हो ।

कम्पनीले इच्छुक लगानीकर्ताबाट फागुन ६ गतेदेखि १४ गतेसम्म बोलपत्र पेस गर्न भनेको छ। दुवै कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बोलपत्र पेश गर्नुपर्नेछ ।


क्लिकमान्डु