सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टबाट लगानी झिक्दै एनआईसी एसिया



काठमाडौ । एनआईसी एशिया बैंकले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टमा रहेको ३ करोड ७० लाख रुपैयाँको लगानी झिक्ने भएको छ। सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ५० हजार कित्ता सेयर बेचेर एनआईसी एशिया बाहिरिन लागेको हो ।

कम्पनीले प्रतिकित्ता ७४० रुपैयाँका दरमा आइतबारबाट बोलपत्र पेस गर्न आह्वान गरेको छ । इच्छुक लगानीकर्ताले फागुन १४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमा पेस गर्न सकिने छ ।


क्लिकमान्डु