महालक्ष्मी विकास बैंक नेप्सेको ‘ए’ वर्गमा पर्न सफल



काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्धारा जारी संगठित संस्थाको वर्गिकरणमा ‘ए’ वर्गमा पर्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्धारा यही फागुन ३ गते जारी गरिएको सूचना बमोजिम संगठित संस्थाको वर्गीकरणमा बैंक ‘ए’ वर्गमा पर्न सफल भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको छ ।

सोही नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ वर्गमा पर्ने ब्यवस्था रहेको हो । सोही बमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको छ ।


क्लिकमान्डु