जनक शिक्षामा ३१ जनालाई रोजगारीको अवसर



काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सामग्रीमा ३१ जनालाई रोजगारीको अवसर खुलाइएको छ ।

खुला तथा समावेशी परीक्षामार्फत पदपूर्ति हुने गरि विभिन्न पदमा ३१ जनालाई रोजगारी खुलाइएको हो । सँगै आन्तरिक परीक्षाबाट पदपूर्ति हुने गरि थप ८ जनालाई पनि रोजगारीको अवसर खुलाइएको छ ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत प्रशासनतर्फ उपप्रबन्धक पदमा १ जना, शाखा अधिकृतमा खुला १ जना, आदिवासी जनजाती १ जना र मधेशी १ जना गरि ३ जना, शाखा अधिकृत (लेखा तथा स्टोर)मा खुला १, महिला १ र आदिवासी १ जना गरि ३ जना, बाइन्डिंग समूहमा शाखा अधिकृत पदमा खुला १, महिला १ र आदिवासी जनजाती १ जना गरि ३ जना, मेकानिकल समूहमा शाखा अधिकृत पदका लागि खुला १ र महिला १ जना गरि २ जना, प्रि प्रेस समूहमा शाखा अधिकृति पदमा खुला १ र महिला १ जना गरि २ जनाका लागि रोजगारी खुलाइएको छ ।

त्यस्तै, प्रशासनतर्फ वरिष्ठ सहायक पदमा खुला १ जना र आदिवासी जनजाती १ जना गरि २ जना, लेखा तथा स्टोर समूहमा वरिष्ठ सहायक पदमा खुला १ र आदिवासी जनजाती १ जना गरि २ जना, अफसेट समूहमा वरिष्ठ सहायक पदमा खुला १ जना र मधेशी १ जना गरि २ जना, बाइन्डिंग समूहमा वरिष्ठ सहायक पदमा खुला ३, महिला १, आदिवासी जनजाती १, मधेशी १ र दलित १ जना गरि ७ जना, मेकानिकल समूहमा वरिष्ठ सहायक पदमा महिला १ जना, इलेक्ट्रिकल इलेक्ट्रोनिक्स समूहमा वरिष्ठ सहायक पदमा महिला १ जना, प्रि प्रेस समूहमा वरिष्ठ सहायक पदका लागि महिला १ जना र सूचना प्रविधि समूहमा वरिष्ठ सहायक पदका लागि महिला १ जनाका लागि रोजगारी खुलाइएको छ ।

त्यस्तै, आन्तरिक परीक्षाबाट पनि पदपूर्ति हुने जनक शिक्षा सामग्रीले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडकाअनुसार आन्तरिक प्रतियोगितामार्फत प्रशासन समूहमा ९ औं तहको उपनिर्देशक पदका लागि १ जना, प्रशासन समूहमा ८ औं तहको प्रबन्धक पदका लागि १ जना, लेखा तथा स्टोर समूहमा ७ औं तहको उपप्रबन्धक पदका लागि १ जना, अफसेट समूहमा ७ औं तहको उपप्रबन्धक पदका लागि १ जना, बाइन्डिंग समूहमा ७ औं तहको उपप्रबन्धक पदका लागि १ जना, मेकानिकल समूहमा ७ औं पदको उपप्रबन्धक पदका लागि १ जना, प्रि प्रेस समूहमा ७ औं पदको उपप्रबन्धक पदका लागि १ जना, प्रशासन समूहमा ६ औं पदको शाखा अधिकृत पदका लागि १ जनालाई रोजगारी खुलाइएको छ ।

रोजगारीका लागि दरखास्त आह्वान गरिएका पदमा इच्छुक र योग्यता पुगेकाहरुले फाल्गु २१ गतेसम्म नियमित दस्तुरमा र दोब्बर दस्तुरमा चैत १ गतेसम्म आवेदन दिन सक्ने केन्द्रले जनाएको छ ।


क्लिकमान्डु