सिटिजन्स बैंकद्वारा महिला जागृती तथा वृद्धा आश्रमलाई सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले विराटनगरको बुढीगंगा गाँउपालिका १, पुष्पलाल चोकमा रहेको महिला जागृती तथा वृद्धा आश्रमलार्ई सहयोग गरेको छ ।

ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनलले ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ ।

वृद्धा आश्रममा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरे । पोखरेलले एक वृद्धा महिलाले संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको बताए ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।

बैंकले १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख १९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लाबाट सेवा प्रदान गर्दै आएको बैंकले चालु आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु