मोनोरेलका लागि नेपाल र दक्षिण कोरियाबीच ६ वटा सम्झौता



काठमाडौं । दक्षिण कोरियासँग नेपालमा मनोरेल स्थापनाका लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाका लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मतसम्बन्धी कार्यहरु गर्ने उल्लेख छ ।

कोरियाको राजधानी सउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेल सहित सात वटा सम्झौता भएको हो । ‘ड्राइभिङ नेसनल डेभलपमेन्ट’ नारा दिइएको उक्त गोष्ठीको कोरियास्थित नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ् विश्वविद्यालय र एमआईटी फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेका थिए ।

कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन र विकासको सहकारी ढाँचा स्थापना र पारस्परिक सम्बन्ध विस्तारका लागि दक्षिण कोरियाको कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेसनबीच पनि सम्झौता भएको हो ।

त्यसैगरी, सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्द्धन तथा विकासका लागि कोरियाको दुगेदर कोरिया लभ एण्ड होप स्वयंसेवी समूह र ग्लोबन एनआरएनए फाउण्डेसनबीच पनि सम्झौता भएको छ । सम्झौतामा ग्लोबन एनआरएनए फाण्डेसनका अध्यक्ष विनोद कुँवर र दुगेदर कोरिया लभ एण्ड होप स्वयंसेवी समूहको तर्फबाट प्रोफेसर योङसु किम र लभ एण्ड भलन्टियर कोरका उपाध्यक्ष प्रा.किम यङ्ग सुले हस्ताक्षर गरेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासका लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यका लागि पनि सम्झौता भएको छ । उक्त सम्झौतामा ग्लोबल एनआरएन फाण्डेसनका अध्यक्ष विनोद कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष सङ्गीता कुँवर र नेपाल खेलकुद अनुसन्धान प्रवर्धन प्रतिष्ठानका प्राध्यापक केशव थापा, कोरियाको ग्योङसान खुटबल सङ्घका उपाध्यक्ष काङ योङ–होले हस्ताक्षर गरे ।


क्लिकमान्डु