परिणाम देखाउन नसक्ने मन्त्रीलाई फेर्दा हुन्छ: सुदन किराँती



संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले परिणाम निकाल्न असफल मन्त्रीहरुलाई फेर्नुपर्ने धारणा राखेका छन् ।

बुधबार शेर्पा पर्यटन व्यवसायी संघद्वारा आयोजित गेल्पो ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले, ‘समग्र बिकासको निर्धारण राजनीतिले गर्छ । छिटो छिटो फेरबदल हुने अस्थिर राजनीतिले वर्षौंदेखि थोपारिएको समस्याको चाङ् माथि छौं । अब सरकारले प्रधानमन्त्रीको अगुवाइमा गति बढाउँछ । परिणाम देखाउन नसक्ने मन्त्रीलाई फेर्दा हुन्छ । हामी जो सुकै परौं देशको अगाडि व्यक्ति कोहि र केही होइनौं । मन्त्री कुनै मान्छेको लगि पालो पुर्‍याउनु मात्र होइन । देश र जनतालाई परिणाम दिनु मुख्य कुरा हो । म अहिले पद छाड्न तयारी छु । किनकी म भन्दा माथि देश छ ।’

शेर्पाहरु हिमाली फूल र देशको गौरवको भएको बताए । मन्त्री किराँतीले बताए । किरातीले भने,’ विश्वलाई शेर्पाहरुले देशलाई चिनाएका मात्रै छैनन् शेर्पाहरु संस्कृतिको धेरै धनी छन् । पर्यटन क्षेत्रमा शेर्पाहरु जति चिनिए उनिहरुको संस्कृतिलाई अझ उजागर गरेर पर्यटन संग जोड्न सक्नुपर्छ ।’


क्लिकमान्डु