कुमारी बैंकका अध्यक्षमा पुन: राणा



काठमाडौं । कुमारी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा अमिर प्रताप जंगबहादुर राणा पुनर्नियुक्त भएका छन् ।

कुमारी बैंकको फागुन ०१ गते बसेको नयाँ सञ्चालक समितिको बैंठकले बैंकको अध्यक्षको रुपमा कार्यरत रहेका राणालाई बैंकको अध्यक्षमा पुर्ननियुक्त गरेको हो ।

यस मितिदेखि लागू हुनेगरी अध्यक्षको पदमा थप ४ वर्षको अवधिका लागि पुर्ननियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।


क्लिकमान्डु