माग अनुसार नपरेपछि कुमारी सबल योजनामा आवेदन दिने समय थपियो



काठमाडौं । कुमारी सबल योजनामा आवेदन दिने समय थपिएको छ ।
माग अनुसार आवेदन नपरेपछि समय थपिएको हो । यो योजनामा फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कुमारी क्यापिटलले थप गरिएको समय अगाडि नै मागभन्दा बढी आवेदन परेको खण्डमा अघि नै बन्द हुनेछ । कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना निकष्कन गरेको हो ।

क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो । जसमा १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ ।

त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । यो बन्दमुखी योजना हो । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु