महुली लघुवित्तले लाभांश नदिने



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

शनिबार बसेको कम्पनी सञ्चालक समितिका बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको जनाएको छ । सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।


क्लिकमान्डु