कुमारी सबल योजना निष्कासन, १ करोड इकाईसम्म आवेदन दिन सकिने



काठमाडौं । कुमारी क्यापिटलले आज (आइतबार)देखि म्युचुअल फन्ड योजना निष्कासन गरेको छ ।

क्यापिटलले ‘कुमारी सबल योजना’ को कुल १० करोड इकाई निष्कासन गरेको हो । जसमा १ करोड ४० लाख इकाई विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याएको छ ।

योजना व्यवस्थापक कुमारी क्यापिटललाई १० लाख इकाई सुट्याएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि छुट्याएको छ । यो बन्दमुखी योजना हो । यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन १३ गतेसम्म आवेदन दिन सकिने छ ।

फण्डमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । जसमा न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु