तलब १ प्रतिशतले बढ्दा ज्याला ६.९२ प्रतिशतले बढ्यो, औद्योगिक क्षेत्रको वृद्धिदर उच्च



काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान अवस्थाको तथ्यांकले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा तलब तथा ज्याला बढेको देखाएको छ ।

राष्ट्र बैंकले प्रकाशिन गरेको राष्ट्रिय तलब तथा ज्याला मापक सूचकमा चालु आर्थिक वर्षको ६ महिनामा तलब तथा ज्याला ५.५६ प्रतिशतले बढेको उल्लेख छ ।

राष्ट्र बैंक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तलब १.०५ प्रतिशतले बढ्दा ज्याला ६.९२ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकका अनुसार अधिकृत र सो भन्दा माथिल्लो तहका कर्मचारीको तलब ०.९१ प्रतिशतले बढ्दा अधिकृत भन्दा तल्लो तहका कर्मचारीको तलब १.१२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षमा सरकारले निजामति कर्मचारीले तलब नबढाए पनि स्थायी कर्मचारीको ग्रेड भने बढ्ने गर्छ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकमा सरकारी कर्मचारीले तलब नबढेको उल्लेख छ ।

सार्वजनिक संस्थानका कर्मचारीको तलब १.१९ प्रतिशतले बढ्दा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको तलब ८.६२ प्रतिशतले बढेको छ ।

शिक्षा क्षेत्रमा काम गर्ने कर्मचारीको तलब ०.७४ प्रतिशतले बढ्दा निजी संस्थाहरुमा काम गर्नेहरुको तलब १.७४ प्रतिशतले बढेको छ ।

ज्यालातर्फ औद्योगिक क्षेत्रका श्रमिकको ज्याला सबैभन्दा बढी ११.२४ प्रतिशतले बढेको छ । सरकारले साउन १ गतेबाट न्यूनतम तलब तथा ज्याला बढाउने निणर्य गरेकाले कृषि तथा औद्योगिक क्षेत्रका श्रमिकको ज्याला बढेको हो ।

कृषि क्षेत्रका श्रमिकको ज्याला ५.२३ प्रतिशतले बढ्दा निर्माण क्षेत्रका श्रमीकको ज्याला ३.४५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु