राष्ट्र बैंकमा जागिर खान खोज्ने २४५४ जनाले फर्म नै भर्न जानेनन् !



काठमाडौं । नेपाल राष्ट्र बैंकका रोजगारी खोज्ने २ हजार ४५४ जनाले अनलाइन मार्फत मागिएको फर्म नै भर्न जानेनन् । त्यसैले राष्ट्र बैंकले ती आवेदकले भरेको अनलाइन फर्ममा तोकिएको विवरण पेश नगरेको र आवश्यक कागजत प्रविष्ट नगरेको भन्दै पुनः आवेदन सच्याएर भर्न सुचित गरेको छ ।

केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार विज्ञापन नम्वर ११/२०८० देखि १९/२०८० सम्मको लागि विभिन्न पदमा आवेदन माग भएको थियो । यी आवेदनमा सबैभन्दा बढी विज्ञापन नम्बर १७/२०८० मा सहायक पदको लागि मागिएको आवेदनमा १६ सय ६८ जनले फर्म भर्दा आवश्यक कागजात नपुर्याएको उल्लेख छ ।

राष्ट्र बैंकले यो पदका लागि विभिन्न विज्ञिापन नम्बरबाट ९ पदमा आवेदन मागेको छ । यी पदहरुमा रोजगारीका लागि आवेदन दिने साढे १६ सयको अनलाइन आवेदनमा आवश्यक कागजात तथा विवरण नपुगेकोले परिमार्जन गरेर पुनः भर्न केन्द्रीय बैंकले सुचित गरेको छ ।

केन्द्रीय बैंकले विज्ञापन नम्बर ११/२०८० मार्फत सहायक निर्देशक प्रशासनमा १, जना, विज्ञापन नम्बर १२ बाट सहायक निर्देशक (प्रशासन)मै अर्को १ जना, विज्ञापन नम्बर १३ मा सहायक निर्देशक १७ जनाको आवेदन मागेको छ ।

विज्ञापन नम्बर १४ मार्फत सहायक निर्देशक लोखामा ५ जना, विज्ञापन नम्बर १५ मार्फत सहायक निर्देशक कानूनमा २ जना, विज्ञापन नम्बर १६ मा सहायक निर्देशक सूचना प्रविधिको लागि ६ जनाको आवेदन मागिएको छ ।

सूचना प्रविधिमा आवदेन दिने ४०२ जनाले समेत अनलाइन फर्म भर्न नजानेको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । विज्ञापन नम्बर १८ मा सहायक कानूनमा ४ जना, विज्ञापन नम्बर १९ मा सहायक सूचना प्रविधि ११ जनासहितलाई खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न राष्ट्र बैंकले आवेदन माग गरेको थियो ।


क्लिकमान्डु