रुरु जलविद्युतले ९ करोडको बिजुली बेच्दा ५ करोड ९० लाख नाफा कमायो



काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुससम्म बिजुली बेचेर ९ करोड १३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

यस्तो आम्दानी गत वर्ष २०७९ पुसको तुलनामा भने करिब २ लाख रुपैयाँले कम हो । यो आयोजनाले गत वर्ष ९ करोड १५ लाख ५० हजार रुपैयाँ बिजुली बेचेर आम्दानी गरेको थियो ।

यो जलविद्युत् आयोजनाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ९ करोडको बिजुली व्यापार गर्दा ५ करोड ८९ लाख ४५ हजार रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो जलविद्युत् कम्पनीले ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो आयोजनाको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.१८ प्रतिशत कम हो ।

यो अवधिमा रुरु जलविद्युत कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९० पैसा छ । यस्तो आम्दानी गर्त वर्षको सोही अवधिमा २४ रुपैयाँ १७ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.७८ रुपैयाँ रहेको छ ।

जगेडा कोषमा २२ करोड ३ लाख ४५ हजार रुपैयाँ रहेको यो कम्पनीको कुल चुक्ता पुँजी ४९ करोड ३३ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी छ ।


क्लिकमान्डु