नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १० वर्षे ऋणपत्र जारी हुँदै, दोहोर अंकमा ब्याजदर पाइने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्षे अवधिको लागि ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ४० लाख ४० हजार कित्ता ऋणपत्र जारी गर्दै छ । बैंकले ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र जारी गर्दैछ ।

जारी गरिने कुल ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात १६ लाख १६ हजार कित्ताबाट ८० हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।

यसबाट बाँकी ऋणपत्र सर्वसाधारणको लागि छुट्याएको छ । कुल ऋणपत्रको ६० प्रतिशत अर्थात २४ लाख २४ हजार कित्ता भने विभिन्न संघसंस्थाहरुलाई व्यत्तिगत तवरबाट बिक्री गरिने उल्लेख छ ।

यसको ऋणपत्रको लागि कम्तिमा २५ कित्ताको लागि आवेदन दिनुपर्ने छ भने बढीमा १० लाख कित्ताको लागि आवेदन दिन पाइने छ ।

ऋणपत्र निष्कासन हुने मिति अगामी फागुन १ गतेदेखि छिटोमा ४ र ढिलोमा १५ गतेसम्म पुग्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु