सिद्धार्थ बैंकमा दुई जनालाई रोजगारीको अवसर



काठमाडौं । सिद्धार्थ बैंकमा दुई जनालाई रोजगारीको अवसर खुलेको छ ।

बैंकले दुई ना इभेन्ट म्यानेजमेन्ट अफिसरको पदका लागि रोजगारी खुलाइएको हो । बैंककाअनुसार जुनियर अफिस तहको पदका लागि एक जना र अफिसर तहको पदका लागि एक जनालाई रोजगारी खुलाइएको हो ।

अफिसर तहको कर्मचारीमा पुरुषको हकमा ४० वर्ष नकटेको र महिलाको हकमा ४५ वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् । त्यस्तै, जुनियर अफिस तहको पदमा पुरुषको हकमा ३५ र महिलाको हकमा ४० वर्षको उमेर हद रहेको बैंकले जनाएको छ ।

अफिसर तहको पदमा बिजनेस, म्यानेजमेन्ट वा इकोनोमिक्समा मास्टर्स गरि कम्तीमा दुई वर्षको अनुभव वा सोही तीन विषयमा ब्याचलर्स गरि तीन वर्षको अनुभव भएका व्यक्तिहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, जुनियर अफिस तहको पदका लागि भने बिजनेस, म्यानेजमेन्ट र इकोनोमिक्स मध्ये कुनै एकमा ५० प्रतिशत अंक प्राप्त गरेर मास्टर्स गरि डेढ वर्षको अनुभव भएको वा सोही विषयमा ब्याचलर्समा कम्तीमा ५० अंकसहित डिग्री प्राप्त गरेर साढे दुई वर्षको अनुभवन भएकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

इच्छुकले १६ फेब्रुअरीसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु