उद्योगी चौधरी पक्राउबारे परिसंघको पत्रकार सम्मेलन, महासंघ छलफलमा



काठमाडौं । उद्योगी अरुण चौधरीसहित तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेपछि नेपाल उद्योग परिसंघले धारणा सार्वजनिक गर्ने भएको छ ।

परिसंघले बिहीबार अपराह्न काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेको हो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार साँझ यस विषयमा छलफल गर्न पदाधिकारीको बैठक बोलाएको छ ।

चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘व्यवसायी अरुण चौधरी र तत्कालीन अध्यक्ष थापालाई पक्राउ गरिएको हो, बाँकी जानकारी पछि सार्वजनिक हुने छ ।’

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।


क्लिकमान्डु