बाँसबारी छाला जुत्ता कारखाना प्रकरणः थप एक जना पक्राउ



काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उक्त प्रकरणमा जोडिएका आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ परेका हुन् ।

ठाकुरसहित तीन जनालाई सीआईबीले आज बिहीबार नै पक्राउ गरिसकेको छ । यसअघि सीआईबीले व्यवसायी अरुण चौधरीलाई काठमाडौंको लैनचौरबाट र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापालाई बत्तिसपुतलीबाट पक्राउ गरिसकेको छ ।

कारखानाको १० रोपनी जग्गा प्रकरणमा एकै दिन चौधरी र थापालाई ब्यूरोले पक्राउ गरेको हो । वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने गरी तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ ले १० रोपनी जग्गा हडपेको आरोप छ ।


क्लिकमान्डु