सेयर बजार राताम्मे, २२६ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ३०.९२ अंकले घटेर परिसूचक २०६७.९२ बिन्दु कायम भएको छ ।

३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयर ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १३९ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२६ कम्पनीको घटेको छ ।

कारोबारमा वित्त बाहेक सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको १४.१२, विकास बैंक ५२.६२, जलविद्युत ६२.४०, जीवन बिमा १३६.०१, माइक्रोफाइनान्स ५४.९३, उत्पादन तथा प्रशोधन ७७.९९, निर्जीबन बिमा समूहकोे उपसूचक १२५.११ अंकले घटेको छ ।

कारोबारमा सामाज लघुवित्त वित्तीय संस्था, रावा इनर्जी डेभलपमेन्ट कम्पनी, दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सामलिङ पावर कम्पनी, मिड सोलु हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, पिपुल्स पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ५४ करोड १ लाख ८४ हजार १८६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ङादी ग्रुप पावर कम्पनी तथा नेपाल रिइन्स्योरेन्स रहेका छन् ।


क्लिकमान्डु