बाँसबासी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष थापा पक्राउ



काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापा पक्राउ परेका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाका तत्कालिन अध्यक्ष थापालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको बत्तीसपुतलीबाट आज पक्राउ गरेको जनाएको छ ।

यसअघि सीआईबीले नै व्यवसायी अरुण चौधरीलाई काठमाडौंको लैनचौरबाट सोही प्रकरणमा पक्राउ गरेर सीआईबीको नियन्त्रणमा राखेको प्रवक्ता नवराज अधिकारीले बताए ।

कारखानाको १० रोपनी जग्गा प्रकरणमा एकै दिन चौधरी र थापालाई ब्यूरोले पक्राउ गरेको हो । वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने गरी तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ ले १० रोपनी जग्गा हडपेको आरोप छ ।


क्लिकमान्डु