कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्टहरुलाई प्रवेश गराउन सकारात्मक छुः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्टहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् ।

चार्डर्ट एकाउन्टेन्ट्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित रहेको बताए ।

सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमासमेत सुशासन सुनिश्चित हुने उनको भनाइ छ । मन्त्री महतले बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने बताए ।

‘चार्टड एकाउण्टेन्ट्सहरुले जुन प्रतिक्रिया यहाँ गर्नुभएको छ । पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिज्ञा गर्दछु भनेर जुन प्रतिज्ञा गर्नुभएको छ । यो पूरा तपाईंहरुले गरिदिनु भयो भने सुशासन सुनिश्चित हो’ उनले भने, ‘सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रसमेत हामी जुन अहिले कति औंमा छौँ भनेर आइरहेको छ । रिपोर्ट । हाम्रो र्‍याङ्किङमा धेरै माथि हुन्छौँ । यति सम्झिएपछि धेरै कुरा सुध्रिन्छ । लेखा र चार्टर्डमा ठिक हुने बित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ ।’

मन्त्री महतले देशको अर्थतन्त्रले बिस्तारै लय समातिरहेको बताए ।


क्लिकमान्डु