भाटभटेनी सहित यी हुन कुमारी बैंकका ठूला २२ सेयरधनी



काठमाडौं । कुमारी बैंकको ठूला सेयरधनीमा २२ व्यक्ति तथा संस्था रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी संचय कोषको रहेको छ । बैंकमा कोषको २.९६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै अमिर प्रताप जबराको २.०२ प्रतिशत, नागरिक लगानी कोषको १.७१ प्रतिशत, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको १.३९ प्रतिशत, जानकी कुमारी जबरा राना शाहीको १.३० प्रतिशत, सबिता गुरुङको १.२४ प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको १.०८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै सांग्रिला इन्भेष्टमेन्ट प्रालिको ०.९५ प्रतिशत, बिमला देवी अग्रवालको ०.९५ प्रतिशत, विरेन्द्र कुमार शाहको ०.९१ प्रतिशत, एनबी ग्रुप नेपालको ०.७४ प्रतिशत, पशुपति मुरारकाको ०.६७ प्रतिशत, गौरी श्रेष्ठको ०.६२ प्रतिशत, जगन्नाथ ज्ञवालीको ०.६० प्रतिशत, मिन बहादुर गुरुङको ०.६० प्रतिशत, ओम प्रसाद श्रेष्ठको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा नारायण प्रसाद श्रेष्ठको ०.५९ प्रतिशत, प्रदिप कुमार मुरारकाको ०.५७ प्रतिशत, राम प्रसाद श्रेष्ठको ०.५५ प्रतिशत, अनुपमा राठीको ०.५५ प्रतिशत, राजन प्रसाद अमात्यको ०.५३ प्रतिशत र नभिन अग्रवालको ०.५२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु