कामना सेवा विकास बैंकले ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने, कति छ मूल्य ?



काठमाडौं । कामना सेवा विकास बैंकले ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री गर्ने भएको छ । उक्त सेयरमा आजे बुधबारदेखि माघ २३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति, समूह, संघ संस्थाले समेत बोलपत्र मार्फत आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोलपत्र मार्फत आवेदन प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पेश गर्नुपर्ने छ ।


क्लिकमान्डु