कुमारी बैंकबाट ५ जना संस्थापक सेयरधनी बाहिरिँदै



काठमाडौं । कुमारी बैंकका ५ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेका सेयर बिक्री गर्ने भएका छन् ।

बैंकका ५ जना संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको ४ लाख ५८ हजार १२४ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

बैंकमा मसेल–१ गोरखाका भरत रेग्मीको ६९ हजार ४१९ कित्ता, चन्द्रागिरी ७ काठमाडौंका निशा केसीको ४४ हजार ३६५ कित्ता, नागार्जुन–१ काठमाडौंका संगीता केसीको ३ लाख ४१ हजार ७१९ कित्ता, विरेन्द्रनगर–७ सुर्खेतका पवित्रा थापाको १ हजार ७५९ कित्ता र विरेन्द्रनगर–९ सुर्खेतका खड्ग बहादुर थापा मगरको ८६२ कित्ता सेयर रहेका छन् । ५ जनाले नै आफ्नो स्वामित्वमा रहेका सेयर बिक्री गर्न खोजेका छन् ।

यो सेयरमा आवेदन दिने पहिलो हक विद्यमान संस्थापक सेयरधनीको हुनेछ । उक्त सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्ने छ। ३५ दिनमा संस्थापकले सेयर खरिद नगरेको खण्डमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।


क्लिकमान्डु