बाराही हाइड्रोपावर घाटामाः हकप्रद सेयर बेचेर ऋण तिर्दै, प्रतिसेयर आम्दानी ऋणात्मक



काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

पुस मसान्तसम्म कम्पनी १२ लाख ३० हजार रुपैयाँ घाटामा रहेको छ । पुस मसान्तसम्म कम्पनीले २ करोड १० लाख ११ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ । यस्तै अन्य आयमा २२ हजार २६२ रुपैयाँ रहेको छ ।

कम्पनीको वित्तीय खर्च १ करोड २१ लाख ६० हजार, प्रशासनिक खर्च ११ लाख ४४ हजार रुपैयाँ, सञ्चालन खर्च २६ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

२५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १० करोड ७४ लाख ९३ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।
पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५७ रुपैयाँ रहेको छ ।

हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । बाराहीले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले २५ करोडको हकप्रद सेयर निष्कासन गरेर १० करोड ९० लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋण तिर्ने जनाएको छ ।

हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।


क्लिकमान्डु