बहुवर्षिय ठेक्कालाई २९ अर्बको स्रोत सुनिश्चितता, सरकारले एक महिनामा बाँड्यो १ करोड



काठमाडौं । अर्थ मन्त्रालयले पुस महिनामा बहुवर्षिय ठेक्काको लागि २९ अर्ब २६ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिएको छ । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका ६ वटा आयोजना, भूमि व्यवस्था मन्त्रालय अन्तर्गतका एक, शहरी विकास मन्त्रालयका ३ र कृषि मन्त्रालयका एक आयोजनालाई थप स्रोत सुनिश्चितता भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पुुस महिनामा विभिन्न व्यक्तिका लागि १ करोड १७ लाख रुपैयाँ बाढिएको छ । यस्तो रकम आर्थिक सहायताको नाममा बाँडिएको हो ।

मन्त्रालयले विभिन्न २७ व्यक्तिलाई ३ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म राज्यकोषबाट अनुदानस्वरुप बाको छ । मन्त्रिपरिषदले विभिन्न मितिमा निर्णय गरेर उक्त रकम बाँडिएको जानकारी मन्त्रालयले दिएको छ ।

मन्त्रालयका अनुसार पुस मनिामा थप कम निकास भएका सरकारी निकायको संख्या २५ वटा छ । सरकारी भ्रमणदेखि सरकारी नियकासम्मलाई दिएको यस्तो रकम १ अर्ब ३८ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  


क्लिकमान्डु