सेयर बजारमा दोहोरो अंकको गिरावट, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आँउदा कारोबार रकम पनि घटेको छ ।

बजार मापन गर्ने सूचक १०.२५ अंकले घट्दा कारोबार रकम करिब ४ अर्बमा खुम्चिएको छ । बजार मापन गर्ने सूचक १०.२५ अंकले घटेर परिसूचक २०८८.०४ बिन्दु कायम भएको छ । बजार दोहोरो अंकले घट्दा ८० कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १५३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक १.१३ अंकले बढेको छ । कारोबारमा विकास बैंक ४०.६२, वित्त ८.८८, जलविद्युत ३३.४३, जीवन बिमा ३८.०५, उत्पादन तथा प्रशोधन १२.७५, माइक्रोफाइनान्स ३.९९, निर्जीबन बिमा ३२.२३ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा चन्द्रागिरी हिल्स, मिड सोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड १५ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ङादी ग्रुप पावर र अरुण काबेली पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु