बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टमा स्थानीयलाई आवेदन दिने समय थपियो



काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधिबाट निष्कासन गरेको साधारण सेयर (आईपीओ)मा उद्योग÷ खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन दिने समय थपिएको छ ।

यता रोजगारीका लागि विदेशमा रहेका नेपालीले भने आज कार्यालय समसयम्म आवेदन दिन सक्नेछन् । स्थानीयले भने अब माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानीयका लागि पनि आवेसम्म मात्रै आवेदन दिने समय तोकेको थियो । माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपेको कम्पनीले जनाएको छ ।

कम्पनीले निष्कासन गरेको सेयरमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका– ३, ४, ५, ६ र १३ वडा तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ र २ का स्थानीयले आवेदन दिन पाउनेछन् ।

त्यस्तै, रिब्दीकोट गाउँपालिका–२, ३, ४ र ६, तिनाउ गाउँपालिका–१, २ र ३, माथागढी गाउँपालिका–७ र ८, निस्दी गाउँपालिका–७ का स्थानीयले थपिएको समयसम्म आवेदन दिन सकनेछन् ।

स्थानीयले आवेदन ग्लोबल आइएमई, लक्ष्मी सनराइज, साइन रेसुङ्गा, गरिमा, मुक्तिनाथ विकास बैंकको स्थानीय तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीका रहेका नेपालीले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु