निफ्राको ‘लक इन’ अवधि फागुन तेस्रो साता सकिँदै



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ ।

कम्पनी लकइन अवधि फागुन २३ गते सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीको सेयर अन्य सरह कारोबार गर्न सकिने छ । निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर ‘लक इन’ रहेको छ ।

फागुन २३ गतेपछि यी सेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । निफ्राको २०७७ साल माघ १६ गते सेयर बाँडफाँट गरेको थियो । सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु