बजारमा अधिक तरलता भएपछि थप ३० अर्ब बजारबाट तान्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले थप ३० अर्ब रुपैयाँ तान्न लागेको जनाएको छ ।

निक्षेपको बोलकबोल आज हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज मध्यान्न २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी माघ २३ गते हुनेछ ।

यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।


क्लिकमान्डु