नाफामा उल्लेख्य सुधार गरेको कृषि विकास बैंकले घटायो खराब कर्जा



काठमाडौं । गत आर्थिक वर्षको पुस मसान्तसम्म ऋणात्मक रहेको कृषि विकास बैंकको नाफा अहिले फाइदामा गएको छ ।

बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको वित्तीय अवस्था अनुसार पुस मसान्तसम्म बैंक नाफामा गएको छ । गत आवको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको बैंक चालु आवको सोही अवधिमा १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिँदा नाफामा त्यसको प्रभाव देखिएको छ । गत आवको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४८ करोड ७३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ७२ करोड ९२ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन नाफा १ अर्ब ८४ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ११ करोड १५ लाख ४१ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । बैंकको वितरणयोग्य नाफा भने ७५ करोड २१ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

१८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ३८ करोड ९९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब २९ अर्ब ३६ करोड ८८ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ८७ अर्ब ३६ करोड १४ लाख ७९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ४.५२ प्रतिशतबाट घटेर ३.०२ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ २१८ रुपैयाँ ७९ पैसा रहेको छ ।


क्लिकमान्डु