हिमालयन बैंकको नाफा ५७.५३ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो डेढ अर्ब




काठमाडौं । हिमालयन बैंकले ५७.५३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ३९ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५४ करोड ९२ लाख ६९ हजार रुपैयाँले बढी हो । गत वर्ष यो अवधिमा हिमालयन बैंकले ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५९.५० प्रतिशतले बढेको छ । बैंकले चालु आवको पहिलो ६ महिनामा ब्याज आम्दानी ५ अर्ब ८२ करोड ९ लाख रुपैयाँ छ ।

यस्तो ब्याज आम्दानी गत वर्षको सोही अवधिमा ३ अर्ब ६४ करोड ८८ लाख ५३ हजार रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन नाफा दुई अर्ब २१ करोड पुगेको छ भने इम्पेरीमेन्ट चार्ज एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

यो बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १७ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.९५ प्रतिशतमा छ । यस्नो कर्जा गत वर्षको सोही अवधिमा ३.७७ प्रतिशत रहेको थियो ।

हिमालयन बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा २ अर्ब ९८ अर्ब ३ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ३६ अर्ब ४० करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १६२.१७ रुपैयाँ छ ।


क्लिकमान्डु