सिद्धार्थ बैंकको नाफा २.०९ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । सिद्धार्थ बैंकले पुस मसान्तसम्म १ अर्ब १३ करोड ६८ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २.०९ प्रतिशतले कम हो ।

गत आवको पुस मसान्तसम्म बैंकले १ अर्ब १६ करोड ११ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १० करोड ३८ लाख ५८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब १ करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन नाफा १ अर्ब ६५ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ६५ करोड ७२ लाख ६७ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा भने ३० करोड ४५ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

१४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ९६ करोड ८० लाख ८९ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब २१ अर्ब ७ करोड ८२ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ९० अर्ब ९१ करोड ५२ लाख ३९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा २.८७ प्रतिशतबाट २.५६ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी १६ रुपैयाँ १८ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १८२ रुपैयाँ ७८ पैसा रहेको छ ।


क्लिकमान्डु