सानिमा बैंकको नाफा ११.४१ प्रतिशतले घट्यो, खराब कर्जा बढ्यो



काठमाडौं । सानिमा बैंकले पुस मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

पुस मसान्तसम्म बैंकले १ अर्ब १३ करोड ८६ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ११.४१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २८ करोड ५३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आएको छ । जसको असर बैंकको नाफामा परेको छ । बैंकको खुद ब्याज आम्दानी ६.०३ प्रतिशतले घटेर ३ अर्ब १ करोड ६६ लाख ९२ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन नाफा १०.६६ प्रतिशतले घटेर १ अर्ब ६२ करोड ८१ लाख ८५ हजार रुपैयाँमा सिमित भएको छ ।

पुस मसान्तसम्म बैंकको ६५ करोड १४ लाख ६० हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ३२ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ८३ अर्ब ४९ करोड ३४ लाख ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५१ अर्ब ५७ करोड १४ लाख १३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.७७ प्रतिशतबाट बढेर १.७२ प्रतिशत पुगेको छ । प्रति सेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ०२ पैसा रहेको छ ।


क्लिकमान्डु