अर्थतन्त्रमा देखिएको संकुचनको असर बैंकको वासलातमा, १६ बैंकको नाफा घट्यो



काठमाडौैं । नेपालको अर्थतन्त्रमा देखिएको संकुचनको असर बैंकहरुको वासलातमा देखिएको छ ।

पछिल्लो समय अर्थतन्त्र संकटोन्मूख रहँदा त्यसको प्रत्यक्ष असर बैंकको नाफामा देखिएको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय अवस्थाअनुसार वाणिज्य बैंकहरुको नाफा ९.९४ प्रतिशतले घटेको हो । २० वाणिज्य बैंकमध्ये १६ बैंकको नाफा घटेको छ भने ३ बैंकको मात्रै बढेको छ ।

बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय अवस्थाअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयायाँ नाफा कमाएका छन् । जबकी, गत आर्थिक वर्षको यसै समयमा बैंकहरुले ३१ अर्ब ९४ करोड २३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका थिए ।

हिमालयन, कृषि विकास, एभरेष्ट र प्राइम बैंकको मात्रै नाफा बढेको छ ।

यस्तै गत आवको दोस्रो त्रैमासमा घाटामा रहेको कृषि विकास बैंक यो पटक भने नाफामा गएको छ । गत आवको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको कृषि विकास बैंक अहिले १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ ।

हिमालयन बैंकको नाफा ५७.५३ प्रतिशले बढेर १ अर्ब ५० करोड ३९ ७४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

एभरेष्ट बैंकको पनि नाफा ७.८८ प्रतिशतले नाफा बढाएर १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ रहेको छ ।

प्राइम बैंकको नाफा ३२.१३ प्रतिशतले बढेर २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

सबैभन्दा बढी नाफा गर्नेमा नबिल बैैंक रहेको छ भने सबैभन्दा कम नाफा गर्नेमा नेपाल बैंक रहेको छ । नबिलले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ रहेको छ । धेरै नाफा आर्जन गर्नेमा यो पटक दोस्रो स्थानमा प्राइम बैंक रहेको छ । प्राइमले २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ रहेको छ । तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ रहेको छ । चौथो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । वाणिज्यले २ अर्ब १ करोड ५३ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

१० बैंकको नाफा १ अर्ब बढी नाफा कमाएका छन् भने ६ बैंकको नाफा अर्बभन्दा कम रहेको छ । अर्बभन्दा कम नाफा कमाउनेमा कुमारी, नेपाल एसबिआई, माछापुच्छ्र्रे, सिटिजन्स, प्रभु र नेपाल बैंक रहेका छन् ।

सरकारले मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन, एफपिओको प्रिमियम र अक्सनमा सेयर बिक्री गर्दा लिएको प्रिमियमलाई नाफा मानेर बोनस वितरण गर्ने संस्थाहरुको उक्त नाफामा कर लिएपछि बैंकहरुको नाफा थप प्रभावित भएको हो । सर्बोच्च अदालतले गत मंसिर अन्तिम शुक्रबार यस्तो कर तिर्नुपर्ने फैसला गरेपछि बैंक वित्तीय संस्थासहित अन्य कम्पनीहरुले झन्डै १४ अर्ब रुपैयाँ कर तिरेका थिए ।


सोभित थपलिया