३ अर्ब २० करोड बढी कमाएको नबिल बैंकले घटायो खराब कर्जा



काठमाडौं । नबिल बैंकले पुस मसान्तको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको पुसम मसान्तको तुलनामा ६.२८ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकका अनुसार पुस मसान्तसम्म वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख ७६ हजार रुपैयाँ रहको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ रहेको छ ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ रहेको छ । ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा भने घटेको छ । गत आवको दोस्रो त्रैमासमा १.४६ प्रतिशत रहेकोमा अहिले घटेर १.२० प्रतिशत रहेको छ ।


क्लिकमान्डु