डा. भट्टराईले भने : रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जास्पद



काठमाडौं। रुस -युक्रेन युद्धमा मारिएका नेपालीको शब स्वदेशमा ल्याउन नसक्नु मुलुककै लागि लज्जास्पद बिषय भएको पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन् ।

डा. भट्टराई शनिबार बिहान समाजिक सञ्जालमा लेख्दै यस्तो भनेका छन् । ‘रोजगारीको खोजीमा हाम्रा युवाहरू रुस-यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय हो ।’

‘सरकार बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नू अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी परोस्। नत्र समयले कसैलाई पर्खनेछैन,’ डा भट्टराईले भनेका छन् ।


क्लिकमान्डु