महिलाहरु किन २२ जनवरीमै बन्न चाहन्छन् आमा ?, अस्पतालमा गर्भवतीको भिड



एजेन्सी । महिलाहरुबीच २२ जनवरीमा आमा बन्ने होड चलेको छ । त्यसका लागि अस्पतालमा गर्भवतीको भिड लागेको समाचारहरु बाहिरिएका छन् ।

छिमेकी मुलुक भारतमा गर्भवती हुन लागेका महिलाहरु २२ जनवरी(सोमबार) बच्चा जन्माउन अस्पताल पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

२२ जनवरीमै बच्चा जन्माउनु पर्नाको कारण के होला भन्ने सोचिरहनु भएको होला, तपाईंहरु ।

यसको कारण अधोध्यामा राम मन्दिरको शिलान्यास रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छन् । कुनै पनि शुभ दिन हुने जन्मलाई शास्त्रीय रुपमा राम्रो मानिन्छ ।

युपीको सबैभन्दा ठूलो सरकारी अस्पतालमा गर्भवती महिलाहरु र उनीहरुका परिवारका सदस्यले डाक्टरहरुसँग बच्चाको जन्म २२ जनवरीमा गराइदिन अनुरोध गरिरहेका हुन् ।

जीएसवीएम मेडिकल कलेजको प्रसूति एवं स्त्री रोग विभागका अध्यक्ष डा सीमा द्विवेदीले लेबर रुमममा १४/१५ डेलिभरी हुने गरेको छ ।

नर्मल डेलिभरीको अवस्था फरक रहे पनि अप्रेसन गर्नेहरुलाई बच्चा जन्माउने मिति तल माथि हुन सक्ने भनेपछि २२ जनवरीमा अप्रेसन गर्नका लागि गर्भवती महिला र उनका परिवारका सदस्यले आग्रह गरेका हुन् ।

२२ जनवरीका लागि ३० वटा अप्रेसन तयारी गरिएको डा द्विवेदीले जनाइन् । जबकी उक्त अस्पतालमा दैनिक १४/१५ अप्रेसन हुने गरेको थियो ।

भारतका अन्य अस्पतालहरुमा पनि २२ जनवरीमै बच्चा जन्माउन चाहने गर्भवती महिलाहरुको संख्या उच्च रहेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

अयोध्यास्थित राम मन्दिरको २२ जनवरीमा भगवान रामको प्राणप्रतिष्ठाको कार्यक्रम रहेको छ । रामको मूर्ति मन्दिरको गर्भगृहमा राखिएको छ ।

यो मन्दिर त्यस स्थानमा छ जहाँ हिन्दू धर्मका देवता श्री रामको जन्मस्थान मानिन्छ । पहिला यो स्थानमा बाबरी मस्जिद थियो । जसको निर्माण राम मन्दिरलाई ध्वस्त बनाएर निर्माण गरिएको थियो । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले विवादित भूमिमा राम मन्दिर बनाउन सक्ने फैसला गरेको थियो ।

अदालते उक्त स्थानमा बाबरी मस्जिद अघि गैर-इस्लामिक संरचना रहेको र त्यसको अवस्थिति अहिले पनि रहेको प्रमाणको आधारमा फैसला गरेको थियो ।


क्लिकमान्डु